evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

घलेम्दी दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने पुस १६ गतेसम्म समय थप

Prabhu Insurance Long Ad
global bank

काठमाडौ । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले पुस १ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।

तर, उक्त समयमा माग अनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।

घलेम्दीले मंसिर १० गतेदेखि २०० % हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जस अनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित कम्पनी हो ।

igi long
himalayan life insurance long ad