macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने समय थप

कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर पुस ११ गतेसम्म पुर्याइएको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर पुस ११ गतेसम्म पुर्याइएको हो ।

तथापि, यसअघि मागभन्दा बढी आवेदन परे जुनसुकै दिन पनि सूचना निकालेर आइपीओ निष्कासन बन्द भएको जानकारी दिने कम्पनीले जनाएको छ । सीडीएसका अनुसार यसमा शुक्रबार साँझसम्ममा १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ ।

त्यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो ।

यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन ।

तर आइपीओ खुला भएको कित्ता धेरै र प्रिमियम मूल्यमा आएको हुनाले लगानीकर्ताको सहभागिता कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

यस्तै, मुलुकमा यो सहित अहिले २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । नेपाल पुनर्बिमा कम्पनी दोस्रो बजारमा पनि सूचीकृत छ ।

himalayan life insurance
igi long
NTA long ad