macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मीड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

मीड सोलुको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार (असोज १० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।

यता, मीड सोलुको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ ।

यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ ।

यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो ।

१० असोज २०८०, बुधवार ०९:५४ बजे प्रकाशित

NTA long ad