stcnepal long ad
global ime bank long

असोज १७ गतेबाट अपि पावरको ११ लाख ९४ हजार कित्ता सेयर लिलामी खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अपि पावर कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४०% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

IME Lifesidebar
kumari