stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप २७ जनामा कोरोना संक्रमण, कुल संख्या ४०२ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ जना काठमाडौँ जिल्ला तथा १–१ जना भक्तपुर र ललितपुरका रहेका छन् । ललितपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो ।

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ भने ३७ जना निको भएर फर्किएका छन् ।

त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

prabhu mahalaxmi
kumari