sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरकारले महसुस गरेर राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री ओली

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज सरकारले महसुस गरेर ल्याउने बताए । केही सांसद र निजी क्षेत्रले कोरोना प्रभावित क्षेत्रको लागि राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्री ओलीले राहत प्याकेज देखाउने कुरा नभई सरकारले महसुस गरेर ल्याउने कुरा भएको बताएका हुन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिंदै उनले भने, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ ।
जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’ गरिब, सहाराविहीन, अपाङ्गता भएकाहरु र श्रम गर्न नसक्नेहरुको सरकारले बिना सर्त जिम्मा लिने उनले बताए ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताए । कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको उनको भनाइ छ ।
केही सांसदहरुले कोरोनामहामारी नै नभएजस्तो गरी नीति तथा कार्यक्रम आयो भनेको तर सरकारले कोरोनासँग लड्ने र यसको क्षति कम गर्न उत्तिकै ध्यान दिएको बताए ।
उनले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताए ।
बाँच्नको लागि र सामाजिक जीवन चलाउनकै लागि भएपनि आर्थिक चहलपहल बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कालमा अरु आर्थिक गतिविधिलाई पनि ध्यान दिइएको बताए ।

gold
nawakantipur long