stcnepal long ad
ime life insurance
national life
global ime bank long

१ सय ९१ जना पत्रकारको पिसिआर विधिबाट कोरोना परिक्षणकालागि स्वाब संकलन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार

काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
सो क्रममा स्वाब संकलनका लागि खटिनु भएका स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिनुभएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति हार्दिक धन्यबाद व्यक्त गर्नुभयो ।

विष्टले आज स्वास्थ्य परिक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकार रहेको भन्दै परिक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गर्नुभयो ।
त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वास्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताउनुभयो ।

उहाँले निजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्नेे धारणा राख्नुभयो ।

IME Lifesidebar
kumari