citizens life insurance long ad
stcnepal long ad

बैंकहरुको निक्षेप मुद्दतीमा ब्याजदर बढाए

महिनैपिच्छे बढाउदा कर्जाका लाखौ लाख ग्राहकलाई ठुलो असर पुग्छ त्यो कुरा बैंक सञ्चालक र बैंङकर्सहरूले बुझ्न जरुरी छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुई दर्जन भन्दा बढी वाणिज्य बैंक र डेढ दर्जन विकास र फाइनान्स कम्पनीहरुले साधारण बचत,मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर १५.३ प्रतिशतसम्म पुरयाएका छन् ।

प्रभु बैंक लिमिटेडले रेमिटेन्सबाट आएको रकमको मुद्दती बचतमा १५.१३ प्रतिशतसम्म व्याजदर दिने योजना ल्याएको छ ।

प्रभु बैंकसँग मर्जरको सहमती गरेको सेञ्चुरी बैंक लिमिटेडले पनि १४. १३ प्रतिशतको रेमिटेन्स मुद्दती ब्याजदर योजना सार्वजनिक गरेको छ । प्रायः वाणिज्य बैंकहरुले १२.१३ प्रतिशत व्यक्तिगत र १०.१३ प्रतिशत संस्थागत मुद्दती ब्याजदर योजना सार्वजनिक गरेका छन ।

ब्याजदर बजारले निर्धारण गर्नु पर्दछ। यसमा दुई मत छैन तर, ब्याजदर महिनैपिच्छे बढाउदा कर्जाका लाखौ लाख ग्राहकलाई ठुलो असर पुग्छ त्यो कुरा बैंक सञ्चालक र बैंङकर्सहरूले बुझ्न जरुरी छ ।

मुद्दती निक्षेपमा जस्तै ऋण अवधिभर व्याजदर बढाउनु हुँदैन भन्ने कुरा उठिरहेको छ। जस्तै ६ महिना अगाडी श्याम नामको व्यक्तिले कुनै वाणिज्य बैंकबाट १०.५ प्रतिशतमा लिएको कर्जा असोज महिनामा १३.५० प्रतिशत ब्याजदर पुगेको अवस्था छ,यसरी व्याजदर बढाइन पाइदैन,कर्जा अवधिभर १०.५ प्रतिशतनै रहनु पर्दछ भन्ने ऋणीहरूको माग छ।

जथाभावी ब्याजदर बढदा उद्यमी( व्यवसायीमा समस्या परेको छ। त्यसबेला बैंकको मुद्दती बचत ब्याजदर ८/९ प्रतिशत थियो । उनीहरुले १०.५० मा कर्जा दिए तर, आज १३.५० प्रतिशत ब्याजदर लिएका छन् । व्याज बढदा ऋणीहरू मर्कामा परेका छन।

त्यसबेला जुन बचत ब्याजमा पैसा उठाएर कर्जा दिइयो । त्यही ब्याज लिनुपर्ने र व्याजदरमा स्थिरता हुनुपर्ने माग बढदो छ । वाणिज्य बैंकहरुले बचतमा बढी व्याजदर दिएर बचत खोसाखोसको अवस्था छ।

त्यहीकारण लगानी योग्य पूँजीको अभाव छ, नेपालको अर्थतन्त्र नै विरामी छ । शेयर बजार अझै रातो पोतिने देखिन्छ । तर, नेपाल राष्ट्र बैंक किन बोल्दैन ? नेपालका वाणिज्य बैंकहरुलाई जे पनि गर्न छुट छैन भन्ने प्रश्न उठदैछ । यसमा गर्भनर महाप्रसाद अधिकारी किन मौन छन ? निरिह जनतालाई अब उनले यसको उत्तर दिनै पर्दछ ।

कुन बैंकको व्याजदर कति रु

प्रभु बैंक लिमिटेड:
प्रभु बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि रेमिट्यान्सको बचतमा ‘प्रभु उन्नती मुद्दति निक्षेप’मा १५.१३ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

नबिल बैंक लिमिटेड:
नबिल बैंकले असोज महिनामा नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुर्याएको छ । त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुर्याएको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुर्याएको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत र बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने जनाएको छ ।

सेञ्चुरी बैंक लिमिटेड:
सेञ्चुरी बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने देखिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेड:
माछापुच्छ्रे बैंकले असोज महिनामा नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२।१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकमा रेमिट्यान्स मुद्दति निक्षेप राख्दा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक लिमिटेड:

हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बचततर्फ ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड:

एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सिभिल बैंक लिमिटेड:

सिभिल बैंकले असोज महिनामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ ।

विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ भने यस बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिएको छ।

नेपाल इन्भेष्टमेण्ट बैैंक लिमिटेड:

नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिएको छ । यस बैंकले साधारण बचतमा ७.१३ प्रतिशत ब्याज दिएको छ ।

सानिमा बैंक लिमिटेड:

सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिएको छ । यो बैंकले पूराना ऋणीहरुलाई नयाँ ब्याजदरकै हिसाबले कर्जा ब्याजदर १३.५० प्रतिशत लिदै आएको छ ।

एनएमबि बैंक लिमिटेड:

एनएमबि बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज दिएको छ ।

बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिएको छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने जनाएको छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको देखिन्छ ।

मेगा बैंक लिमिटेड:

मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइनेछ ।
बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

प्राइम बैंक लिमिटेड:

प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै रेमिट्यान्स खातामा १४.१३ प्रतिशत व्याज पुगेको छ ।

संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार साधारण बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एभरेष्ट बैंक लिमिटेड:

एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड:

नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।

संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एनसीसी बैंक लिमिटेड:

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ ।

यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ । संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।

कुमारी बैंक लिमिटेड:

कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले साधारण बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ ।

बैंक अफ काठमाण्डू लिमिटेड:

बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले साधारण बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएका छन ।

स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेड:

स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले साधारण बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

सनराइज बैंक लिमिटेड:
सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजबाट व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै रेमिट मुद्दतीमा १४.१३ प्रतिशत ब्याज दिनेछ ।
बैंकले साधारण बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

कृषि विकास बैंक लिमिटेड:

कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै बैंकले संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले साधारण बचतमा ७.१३ देखि ८.१५ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड:

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत, रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । यस बैंकले साधारण बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।

 

IME Life
kumari