stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौँ । अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् ।

बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पोरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी र नुन किन्नेको भीड हुन्थ्यो तर अहिले ग्राहक नै छैनन् ।

बन्दाबन्दी नहुँदै दैनिक दुई/तीन लाख रुपियाँको व्यापार गरेको बताउँदै उनले पहिले ग्यास मात्र दैनिक ५० सिलिन्डरभन्दा बिक्ने गरेकामा अहिले मुस्किलले चार÷पाँचवटा बिक्ने गरेको तर चिनी, नुन, चामल र दालका लागि ग्राहक नै नआउने उल्लेख गरे ।

ग्यास आधा सिलिन्डरमा आउन थालेदेखि ग्यास पनि बिक्नै छाडेको उनको बुझाइ छ ।

पहिले कर्पोरेसनका सामान किन्न थानकोट, बलम्बु, नैकाप, तीनथाना, मच्छेगाउँ र सतुङ्गलका ग्राहक आउने गरेकामा बन्दाबन्दीपछि स्थानीय मात्रै ग्राहक रहेको प्रमुख ढकालले थपे । कर्पोरेसनको केन्द्रीय बिक्री केन्द्र कालीमाटीमा पनि अवस्था उही छ ।आजको गोरखापत्रबाट

prabhu mahalaxmi
kumari