राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार
काठमाडौं । नेपाल राष्ट बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।
यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको सिफारिस समितिले अधिकारी सहित पूर्व सचिव राजन खनालर चिन्तामणि सिवाकोटीको नाम गभर्नका लागि सिफारिस गरेको थियो ।
नवनियुक्त गभर्नर अधिकारी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । हालसम्म उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए ।
कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
अधिकारी यस अघिको गभर्नर नियुक्त हुँदा पनि गभर्नरको सिफारिसमा परेका थिए । अहिले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका अधिकारी अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकमा गभर्नर रहँदा डेपुटी गभर्नर थिए ।
डा. खतिवडालाई गभर्नरको रूपमा सफल बनाउन सबैभन्दा बढी भूमिका डेपुटी गभर्नरको रूपमा महाप्रसाद अधिकारीकै रहेको राष्ट्र बैंकका कर्मचारीहरू अहिले पनि बताउँछन् । त्यस हिसाबले पनि अधिकारी वर्तमान अर्थमन्त्रीले रुचाएका व्यक्ति मानिन्छन् ।