नेपाल एम्बुलेन्स सेवा र काठमाण्डौं महानगरपालिकासँगको सहकार्य

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार
काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (फोन नं.१०२) ले काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा उपत्यका भित्र संचालन गर्दै आएको ५ वटा एम्बुलेन्सलाई COVID-19 सम्बन्धी बिरामीको लागि संचालनमा ल्याउन आवश्यक पर्ने EMT (Emergency Medical Technician) र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने PPE नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराई २०७६/१२/२४ गतेबाट सेवा प्रदान गर्न/गराउन, कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको काठमाडौं, छाउनी स्थित COVID-19 Crisis Management Center – Operation (CCMC-Ops) मा नेपाल सरकारको तर्फबाट CCMC अपरेशनका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल तथा का.म.न.पा. प्रशासन बिभाग प्रमुखको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एम्बुलेन्स सेवा बिच आज २०७६/१२/२४ गते समझदारी (MOU) मा हस्ताक्षर भएको छ ।
उक्त MOU अनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिबृद्धि गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ (चार) वटा र काठमाण्डौं महानगरपालिकाको १ (एक) वटा गरी जम्मा ५ (पाँच) वटा थप एम्बुलेन्सलाई COVID-19 सम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्ने गरी तयार पारी नेपाल एम्बुलेन्स सेवा (फोन नं.१०२) अन्तर्गत संचालनमा ल्याउने र उल्लेखित एम्बुलेन्सहरु संचालनमा EMT (Emergency Medical Technician) को थप आवश्यकता भएमा सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराउने ।
साथै संचालनमा आउने थप एम्बुलेन्सहरुको लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाण्डौं महानगरपालिकाले नै व्यहोर्ने ब्यहोरा समेत उक्त MOU उल्लेख भएको छ ।