stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठिन गभर्नर छनोट समितिले आगामी कार्यकालका लागि गभर्नरमा  तीन जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री डा.  खतिवडाको गभर्नर सिफारिस समितिले  सम्भावित गभर्नरका लागि हाल नेपाल राष्ट्र बैंकका कायमुकाय गभर्नर  चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस भएको हो ।

अर्थमन्त्री डा. खतिवडाको अध्यक्षमा गठित गभर्नर सिफारिस समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुई जना छान्नु पर्ने छ भने एक जना राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।

त्यसै अनुसार समितिले राष्ट्र बैंकको १७ औं गभर्नरका तीन जनाको नाम सिफारिस गरेको हो । अब यि तिनमध्ये बाट एक जना गभर्नर बन्ने छन् । ती तीनै जनाको नाम मध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ । मन्त्रीपरिषद्को आज बस्ने बैठकले सम्भवत आजै राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बुझिएको छ ।

 

IME Lifesidebar
kumari