citizens life insurance long ad
stcnepal long ad

मर्जर भाडिएपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक पाटर्नर खोज्दै

हिमालयन बैंकसँग मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले तीनवटै बैंकलाई प्रारम्भिक स्वाप रेसियो समेत दिएको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। मर्ज भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले मर्जरको लागि पाटर्नर खोज्न थालेको छ । इन्भेष्टमेन्ट बैंकले कुमारी बैंक लि., सिटिजन बैंक इन्टरनेशनल लि. र मेगा बैक नेपाल लि.लाई अनौपचारिक प्रस्ताव गरेको बुझिएको छ।

हिमालयन बैंकसँग मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले तीनवटै बैंकलाई प्रारम्भिक स्वाप रेसियो समेत दिएको छ। प्रारम्भिक छलफलपछि तीनवटै बैंकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जान प्रारम्भिक चासो समेत देखाएका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंकले स्वाप रेसियो मिल्ने गरी प्रस्ताव गरेको छ। सिटिजन बैंकको गत माघ ३ गते सोमबार दोस्रो बजारमा प्रतिकित्ता ३१० रुपैयाँमा कारोबार भएको थियो। मेगा बैंकको पनि ३०७ रुपैयाँ प्रतिकित्ता कारोबार भएको थियो। कुमारी बैंकको प्रतिकित्ता २८१ रुपैयाँमा कारोबार भएको थियो।

दश महिनादेखि कारोबार रोक्का भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्न सकेको छैन। मर्जरमा नगएसम्म नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएकोले दुबै बैंकहरु मर्जरका लागि विभिन्न छलफलमा जुटेका छन्।

दश महिनाअगाडि मर्जरमा जाने प्रारम्भिक सम्झौता गरे पनि हिमालयन बैंकको गत पुस ३० गतेको साधारण सभाबाट मर्जर भाँडिएको थियो।

सभाबाट मर्जर अनुमति नपाएसँगै दुबै बैंकका लाखौँ सेयरधनी कारोबार खुल्ने समयको पखाईमा रहेका छन्। तर तत्कालै कारोबार खुल्ने सम्भावना कम रहेको छ। दुई बैंकले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर मर्ज भाँडिएको जनाउ दिनुपर्ने हुन्छ।

भाँडिएको जानकारी दिएपछि राष्ट्र बैंकले स्वीकृत दिएको व्यहोरा नेप्सेलाई पठाएपछि बल्ल कारोबार खुल्ने छ। कारोबार रोकिँदा दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक मूल्य प्रति कित्ता ४६० थियो भने हिमालयन बैंक ४८४ रुपैयाँ थियो। हिमालयन बैंकले पनि अन्य बैंकहरु मर्जको लागि पाटर्नर खोज्न थालेको छ।

पछिल्लो समय हिमालयन र इन्भेष्टमेन्ट दुबै बैंकले मेगा बैंकलाई प्रस्ताव गरेका छन्। मेगा बैंक पनि सम्मानजनक मर्जरको पक्षमा रहेको बताइन्छ ।

सोही कारण पनि मेगा बैंकले दुई बैंकले गरेको प्रस्तावमध्ये कुनसँग स्वीकार गर्छ भन्नेमा चासो देखिएको छ।

मेगा बैंकले दुबै बैंकसँग स्वाप रेसियोमा अनौपचारिक प्रस्ताव मागेको बुझिएको छ। मेगा बैंकको व्यवस्थापनलाई खासगरी १०० र ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा मर्जरमा नजान लगानीकर्ताको दबाब रहेको छ। सोही कारण पनि मर्जरको लागि हिमालयन र इन्भेष्टमेन्ट बैंकले सो स्वाप रेसिया स्विकार गर्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा यतिबेला छलफलहरु केन्द्रित भएको बुझिएको छ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकहरुले अन्य बैंकसँग पनि छलफल गरिरहेका छन्। तर दुबै बैंकको आँखा भने मेगा बैंकमा रहेको देखिन्छ । नबिलका सिइओ अनिल केशरी शाहले स्थापना देखिनै हेरेको मेगा बैंकप्रति हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको रोजाइमा परेको छ।

मेगा बैंकको गत माघ ४ गते मंगलबार दोस्रो बजारमा ३१०.५० पैसामा कारोबार भएको थियो। मंगलबार ३ लाख ४ हजार ७ सय २१ कित्ता कारोबार भएको थियो।

पछिल्लो ५२ हप्तामा अधिकतम ४०५ र न्युनतम २५१.२१ रुपैयाँमा कारोबार भएको थियो। मेगा बैंकले गत वर्षको नाफाबाट सेयर १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद गरी १२.०७ प्रतिशत लाभांश दिएको छ ।

मेगा बैंकले विगतमा टुरिजम डेभलपमेन्ट बैंक लि. गाभेको थियो। मेगा बैंकले ५ महिनामा १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले पहिलो तीन महिनामा ९१ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो। दोस्रो त्रैमासको रिपोर्ट ल्याउने तयारी गरेको बैंकको पहिलो तीन महिनामा प्रति सेयर आम्दानी २४.९७ रुपैयाँ रहेको छ।

यता मर्जरको प्रस्ताव गर्ने हिमालयन बैंकको पाँच महिनामा ५६ करोड रुपैयाँ मात्रै नाफा गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । मेगाको देशभर २०३ शाखाहरु सञ्चालनमा रहेका छन्।

 

IME Life
kumari