citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल लाइफमा अभिकर्ताको आन्दोलनमा सहमति

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुसँग एजेन्सी म्यानेजरहरुलाई बढाइएको टार्गेट घटाउन सहमत भएको छ ।

संघर्ष समिति र कम्पनी ब्यवस्थापन बिच अभिकर्ताको स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घटाइ ३ लाख ५० हजार बनाउने र त्यसदेखि माथिको स्ल्यावमा समानुपातिक हिसाबले घटाउने कम्पनी ब्यवस्थापन र संघर्ष समिति बिच सहमति भएको संघर्ष समितिका सचिव रामशरण पोखरेलले जानकारी दिएका छन् ।

संघर्ष समितिका बाँकी मागहरुलाई पुरा गर्न कम्पनीले एउटा कार्यदल गठन गर्ने सहमति गरेको जनाएको छ । अब आन्दोलित अभिकर्ताको सुनुवाइ यहि कार्यदलको प्रतिवदेन पछि हुने भएको छ ।

यदि उक्त प्रतिवेदनमा आएका विषयलाई कम्पनीले माघ महिना भित्रमा सम्बोधन नगरेमा फागुन १ गतेदेखि थप आन्दोलनका कार्यक्रमहरु गर्ने संघर्ष समितिले जनाएको छ ।

अभिकर्ताहरुले खाइपाइ आएको सुविधालाई कम्पनीले घटाउन खोजे पछि उनिहरु आन्दोलित भएका थिए । अभिकर्ताहरुको हित बिपरित अनावश्यक रुपमा एजेन्सी स्ल्याव ल्याइएपछि उनिहरु आन्दोलनमा होमिएका थिए ।

उनिहरुले गत साउन महिनामै अभिकर्ता केन्द्रिय संघर्ष समितिको गठन गरि आन्दोलनमा उत्रिएका थिए । उनिहरु पुस १७ गतेदेखि नयाँ बीमालेख नै बन्द गराएर आन्दोलनमा उत्रिएका थिए ।

एक साता अगाडि मात्रै बरिष्ठ डिसिइओमा नियुक्त भएका प्रविण रमण पराजुलीले आन्दोलित अभिकर्ताहरुसँग बार्ता गरेका थिए ।

उनले अभिकर्ताहरुलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका थिए । अभिकर्ताहरुले मुख्य रुपमा एजेन्सी म्यानेजरहरुको टार्गेटलाई लिएर सबैभन्दा धेरै विरोध जनाउदै आएका थिए ।

स्ल्याब घटाउने विषयमा सहमति जुटेसँगै अभिकर्ताहरुले आन्दोलन फिर्ता लिएका छन् । केहि मागहरु कार्यदलको प्रतिवेदनका आधारमा पुरा गर्न समेत कम्पनी तयार भएको बताइएको छ ।

 

himalayan life insurance
igi long