stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

पूर्व अर्थमन्त्री विचार मञ्च गठन

Nimb long ad
Prabhu Insurance Long Ad

राकेश ढकाल

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६
काठमाडौं । मुलुकको आर्थिक विकास र अर्थतन्त्रमा योगदान पुरयाउने उदेश्यले गत चैत्र ७ गते पूर्व अर्थमन्त्री विचार मञ्च गठन गरिएको छ । मञ्चको भेलामा पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । पूर्व अर्थमन्त्रीहरुमा महेश आचार्य, कृष्णबहादुर महरा पनि रहेका छन । उनीहरुको भने उपस्थित थिएन । कार्यक्रममा सरकारले ल्याएका अर्थ नीति, कार्यक्रम, योजनाका बारेमा पूर्व पूर्व अर्थ मन्त्री विचार मञ्चले आफ्नो धारणा, सुझाव राख्ने, कोरोना भाइरसको प्रकोपले पार्ने असर बारे अध्ययन गर्ने पनि सो अवसरमा बताइएको थियो ।
मञ्च गठन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडा पनि उपस्थित रहि बधाई दिएका थिए । मञ्चले अर्थतन्त्र र विकासका समग्र विषयमा छलफल सञ्चालन गरि नेपालको दिगो आर्थिक विकासमा पहल गर्ने भएको छ । कोरोना भाइरसका कारण पर्यटन, वैदेशिक रोजगार र रेमिट्यान्स क्षेत्रमा नराम्रो असर परेकोले यी क्षेत्रमा तत्काल राहत प्याकेज ल्याउन पनि मञ्चले सरकारसंग अनुरोध गर्ने भएको छ ।
पर्यटन क्षेत्र अन्तर्गत होटल, रेष्टुरेन्ट, क्यासिनो, ट्राभल्स, टुर्स, ट्रेकिङ, ¥याफ्टिङ व्यवसाय सम्पूर्ण रुपमा बन्द भएको छ । होमस्टेट, साना होटल, लज पनि पुरै प्रभावित भएका छन । वैदेशिक रोजगार क्षेत्रमा नराम्रो असर परेको छ । उद्योग कलकारखाना, निर्माण र बन्द व्यापार बन्द भएका वैदेशिक रोजगारमा जाने खाडी मुलुक, मलेसियाको रोजगार क्षेत्र बन्द हुन पुगेको छ । यसले दुई–तीन महिना रेमिट्यान्स आप्रवाह अत्यन्तै न्युन हुने भएको छ ।
यसले देशको समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिन्छ । कोरोना भाइरसको संक्रमणको त्रसितका कारण उद्योग धन्दा, कलकारखाना, स्कुल कलेन बन्द, आयात–निर्यात प्रभावित हुँदा सरकारी राजश्व असुलीमा पनि आगामी दुई–तीन महिना आधा भन्दा कम घट्ने सम्भावना रहेको अर्थविदहरुले औंल्याएका छन ।

prabhu mahalaxmi
kumari