stcnepal long ad
global ime bank long

यस वर्ष सेतो मच्छिद्रनाथको रथयात्रा नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

किशोर शर्मा

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६

काठमाडौं । काठमाडौं उपत्यकको सबैभन्दा पुरानो जात्रा मानिने सेतो मच्छिद्रनाथको रथ यात्रा यस पालि नहुने रथ यात्रा व्यवस्थापन समितिका संयोजक निलकाजी शाक्यले जानकारी दिएका छन ।

सहकालका देवता आर्यवलोकितिश्वर अर्थात सेतो मच्छिद्रनाथको जात्रा तिथिअनुसार यहि चैत्र १९ गतेदेखि २१ गतेसम्म भव्यता र उल्लासमय वातावरणमा मनाउने तयारी भैरहेको अवस्थामा कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको र नेपालमा पनि उच्च जोखिमको अवस्थामा रहेकाले महामारीको संक्रमणबाट जोगिन तथा जोखिमलाई कम गरि सजगता अपनाउन जनस्तरबाट भीडभाड हुने कार्यक्रम नगर्नु, नगराउनु भनि नेपाल सरकारले आग्रह गरेको कुरालाई ध्यानमा राखेर गत चैत्र ७ गते सेतो मच्छिद्रनाथ रथयात्रा ११४० व्यवस्थापन समितिले काठमाडौं महानगरपालिकाको २५ नं वडा कार्यालयका अध्यक्ष निलकाजी शाक्यको अध्यक्षतामा बसेको बैठकले आर्यवलोकितिश्वर सेतो मच्छिद्रनाथको जात्रा स्थगित गर्ने निर्णय गरेको छ । यस वर्ष सेतो मच्छिद्रनाथको आवश्यक र अनिवार्य विधी अनुसार पुजा मात्र गर्ने रथयात्रा नगर्ने निर्णय गरेको छ ।

यसबाट भक्तजनमा पर्न जाने भावनात्मक तथा साँस्कृतिक असुविधा प्रति व्यवस्थापन समितिले क्षमा याचना गर्दै सेतो मच्छिद्रनाथकासंग पनि कोटी–कोटी क्षमायाचना गरेको छ ।
सेतो मच्छिद्रनाथको जात्रा २५ नं वडाले गर्दे आएको छ । व्यवस्थापन समितिमा २५ नं वडा अध्यक्ष निलकाजी शाक्य रहनु भएको छ । अन्य सदस्यहरुमा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिबहादुर सुवेदी, सेतो मच्छिद्रनाथ मन्दिरका पुजारी, विभिन्न संघ/संस्थाका प्रतिनिधी रहेका छन ।

यी संस्थाका प्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा भएको बैठकले यस वर्ष रथयात्रा नगर्ने, विधी विधान अनुसार पुजा मात्र गर्ने निर्णय भएको हो सेतो मच्छिद्रनाथको कृपाले कोरोना महामारी विरुद्धको संघर्षमा मानव जातीले सफलता पावस र विश्वमा कल्याण होस भनि प्राथना समेत गरिएको छ ।
यसैवीच सिंगो मुलुक र जनताको कल्याणका लागि हुरी, बतास, अग्नी, जल र अन्य कुनै प्राकृतिक प्रकोप एवं रोगव्याद नहोस भन्दै श्री वज्रेश्वरी माता (पिंगला) माईको देशोद्धार पुजा अर्थात दे पुजा चैत्र कृष्ण पक्ष द्धादशीका दिनदेखि पुजा शुरु हुन्छ । वज्रेश्वरी माताको पुजा चार वर्षमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्ध जात बसी जातीय सदभाव सहित सञ्चालन हुँदै आएको छ । देशोद्धार गुठीको १३ रोपनी जग्गा पशुपति क्षेत्र विकास समितिले मोहीलाई दर्ता गरि दिंदा र त्यसको मूअव्जा नदिंदा पुजा सञ्चालन गर्न समस्या भएको सुवर्ण बैद्यले बताएका छन ।

IME Lifesidebar
kumari