stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

यस वर्ष साढे चार प्रतिशतमात्रै आर्थिक वृद्धि दर: अर्थविज्ञ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६

काठमाडौं । कोरोना भाइरसका कारण अर्थतन्त्रको गतिविधि ठप्प भएपछि यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा पर्ने देखिएको छ । चालु आर्थिक वर्षको सात महिना वित्नै लाग्दा शुरु भएको यो महामारीले समग्र अर्थतन्त्रमा  प्रभाव पार्ने भएकोले आर्थिक वृद्धिदर करिब आधाले घट्ने अनुमान अर्थविज्ञहरूले गर्न थालेका छन् । सरकारले चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेका थियो । तर, कोरोनाका कारण यस दर करिब आधामा सीमित हुने अर्थविज्ञ डा. शंकर शर्माले बताए ।

कोरोनाको असर पर्यटन क्षेत्रमामात्र नभइ अन्य क्षेत्रमा पनि करिब उत्तिकै अनुपातमा देखिदै जाने भएकोले नेपालले लक्षित आर्थिक वृद्धि दर हासिल गर्न नसक्ने अवस्था आएको शर्माले आँकलन गरे । सरकारले सबै सार्वजनिक र निजी संस्था बन्द भइसकेको अवस्था छ । यसले आर्थिक गतिविधिमा प्रत्यक्ष असर पारिसेको अवस्था छ,’ उनले भने ‘सरकारले खर्च गर्न सक्ने सार्वजनिक हित क्षेत्रमा खर्च गरेपनि आर्थिक वृद्धि भने अब घट्छ ।’

पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदर औषतमा ७ प्रतिशत नाघेको देखिन्छ । तर, उच्च वृद्धिदरका बाबजुत अर्थतन्त्रका जोखिमहरु यथावत नै थिए  । यसले अझ बढाएको छ । यसरी गरिने खर्चले रोजगारी सिर्जना गर्न सक्दैन, रोजगारी सिर्जना गर्न नसकेपछि यसको असर दैनिक चूलोसम्म पर्छ । मानिसको आय स्रोत घट्छ, गरिबी बढ्छ ’ यस्तो अवस्थामा समग्र अर्थतन्त्रमा नै चलायमान नहुने देखिएको छ ।

‘त्यसैपनि नेपालले साढे ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेपनि हाम्रा विकास साझेदारहरू विश्व बैंक, एशियाली विकास बैंक, आईएमएफजस्ता संस्थाले नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने अनुमान गरेका थिए,’ उनले भने ‘अब सोही लाइनमा आर्थिक वृद्धिदर पुग्ने भयो ।

कोरोनाको प्रभाव एउटा क्षेत्रमाभन्दा पनि कृषिदेखि उद्योग तथा सेवा क्षेत्रमा पनि देखिन थालिसकेको अर्का अर्थविज्ञ प्राडा. गोविन्द पोखरेलले बताए । ‘कोरोनाको अर्थतन्त्रमा व्यापक असर पर्छ,’ उनले भने ‘अहिले आर्थिक वृद्धिदर यतिले घट्छ भनेर अनुमान गर्न नसकेपनि असर पक्कै पर्छ ।’ कृषि उत्पादनका लागि बिउ, मलदेखि उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत हामी परनिर्भर छौं । अन्तर्राष्ट्रिय क्षेत्रसँग प्राय लकडाउनको अवस्था छ उनी भन्छन् ‘यसको शिकार हामीजस्ता देशले अझ बढी खेप्नुपर्छ ।’

त्यसैत हुन नसकेको विकास खर्च अहिले अवस्थामा अझ गर्न नसकिने निश्चित भएको छ,’ उनले भने विकास खर्च गर्न नसकेपछि राजश्व संकलन पनि कम हुन्छ । यसले राज्यको स्रोतमा समेत संकचन ल्याउने उनले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस असर विकशित मुलुकमा भन्दा नेपालजस्ता अति कम विकशित देशमा बढी पर्ने अर्थविज्ञहरूले बताएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari