stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलले गर्यो ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

प्रत्येक हप्ता पाँच भाग्यशाली ग्राहकले जनही रु २ लाख जित्ने
हरेकमहिना रु १० लाखनगद पुरस्कार एक ग्राहकलाई

एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छ । आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर गत मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले २०७६ मंसिर १३ गते शुक्रबार भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पु¥याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिने छ ।

prabhu mahalaxmi
kumari