stcnepal long ad
global ime bank long

पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघद्वारा विद्युतीय सवारी साधन हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad


भारतीय महिला संघका अध्यक्ष श्रीमती नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा मंसिर ११ गते उच्च–गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका छन । यी वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको हो । श्रीमती पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरण मैत्री सवारी साधन उपयोगी हुने बताए । यी सवारी साधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारत र नेपालबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहनेछ ।
भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवद्र्धन गर्ने काम गर्दछ । भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।
युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यससँगैका क्षेत्रको संरक्षण तथा सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

IME Lifesidebar
kumari