निर्जीवन १४ बीमा कम्पनीहरूले १४ अर्ब ३५ करोड ८६ लाख ९६ हजार बीमाशुल्क संकलन गरे
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना साउनदेखि कात्तिक महिनासम्ममा १४ अर्ब ३५ करोड ८६ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले नौ लाख ९८ हजार पाँच सय ९६ वटा बीमालेख जारी गरी सो रकम बीमा शुल्क बापत संकलन गरेका हुन् ।
विगत चार महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ६० हजार सात सय ५४ वटा बीमालेख जारी गरी ७८ करोड ६८ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको पाइएको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले १४ हजार एक सय २३ वटा बीमालेख जारी गरी ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ७४ हजार सात सय ६३ वटा बीमालेख जारी गरी ६१ करोड ४९ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको पाइएको छ ।
यसैगरि नेसनल इन्स्योरेन्स कम्पनीले पनि नौ हजार चार सय ६७ वटा बीमालेख जारी गरी ४९ करोड तीन लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा नेको इन्स्योरेन्स कम्पनीले ९५ हजार सात सय ६७ वटा बीमालेख जारी गरी कुल एक अर्ब १५ करोड २७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको पाइएको छ ।
प्रभु इन्स्योेरेन्स कम्पनीले पनि ४१ हजार नौ सय ६१ वटा बीमालेख जारी गरी ६२ करोड ७५ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ ।
यस्तै यो अवधिमन शिखर इन्स्योरेन्स कम्पनीले ९८ हजार एक सय ८५ वटा बीमालेख जारी गरी एक अर्ब ४१ करोड तीन लाख एक हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ६४ हजार तीन सय २० वटा बीमालेख जारी गरी ९४ करोड १९ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांक छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ८१ हजार ३० वटा बीमालेख जारी गरी एक अर्ब १४ करोड ९८ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ४० हजार छ सय ४६ वटा बीमालेख जारी गरी ७७ करोड ९३ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ९९ हजार चार सय २४ वटा बीमालेख जारी गरी एक अर्ब ४६ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ९१ हजार सात सय ७३ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ४९ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ ।
यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६७ हजार सात सय १७ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ४९ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताइएको छ । यस्तै यो अवधिमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५७ हजार तीन सय पाँचवटा बीमालेख जारी गरी ८४ करोड एक लाख ८४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाईको छ ।
बीमा प्राधिकरणका अनुसार लघुबीमा तर्फ विगत चार महिनामा एक लाख एक हजार तीन सय ६१ वटा बीमालेख जारी गरी २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ३० हजार ६ सय ६२ वटा बीमालेख जारी गरी सात करोड ९० लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांक छ । त्यसैगरि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ हजार ९ सय ३८ वटा बीमालेख जारी गरी ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको पाइन्छ ।
यस्तै स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २६ हजार ७ सय ६९ वटा बीमालेख जारी गरी ५ करोड ८९ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरि ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २० हजार ९ सय ९२ वटा बीमालेख जारी ५ करोड ९३ लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ ।
आर्थिक मन्दीको अवस्थामा पनि १४ वटा निर्जिवन बीमा कम्पनी र ४ वटा लद्यु बीमा कम्पनीहरूले १४ अर्ब ३५ करोड ८६ लाख ९६ हजार बीमा शुल्क संकलन हुनु बीमा व्यवसायमा नागरिकहरूको विश्वास र भरोशा र लोकप्रियता बढनु हो।