citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

राजनीतिक बिचौलिया गिरीको अन्तर्राष्ट्रिय चलखेल

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वर्तमान नेपाली कांग्रेस र नेकपा(एमाले) को गठबन्धन केपी शर्मा ओलीको सरकारलाई मित्रराष्ट्र भारतले त्यति रूचाएको छैन। त्यही भएर प्रधानमन्त्री ओलीको भारत भ्रमण नगई परम्परा मिच्दै मित्रराष्ट्र चीनको गत २०८१ मंसिर १७ गतेदेखि २१ गतेसम्मको राजकीय भ्रमणमा गएका छन।

यो भ्रमणले नेपाल–भारत सम्बन्धमा भविश्यमा कस्तो असर पार्छ त्यसको लेखाजोखा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गर्ने बिआरआई लगायतका सन्धि–सम्झौताले प्रष्ट गर्ने छ।

भारतले नरूचाएको यो गठबन्धन टुटाउन भारत चाहिरहेको छ। गठबन्धन यही रहेपनि प्रधानमन्त्रीबाट ओली हटुन र कांग्रेस सभापति शेर बहादुर देउवा आउन भन्ने भारतको चाहाना देखिन्छ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले एकाएक दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको चुच्चे नक्शा सार्वजनिक गरेर संसदको दुई तिहाइ बहुमतबाट संविधानको अनुसुची समेत सच्चाएपछि भारतले तात्कालिक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोप्य मन्त्रणा गराएर एमाले भित्र सैद्धान्तिक बिचलनका एजेन्डा अघि सार्न लगाएर नेकपा फुटाउने खेल रचेको थियो।

त्यो चलखेलमा सर्वोच्च अदालतबाट नेकपा विभाजन गराएर एमाले र माओवादी केन्द्र अलग–अलग गराउन राजनीतिक बिचौलियाका अन्तर्राष्ट्रिय खेलाडी उमाकान्त गिरीको अदृश्य महत्वपुर्ण भूमिका रहेको कमैलाई थाहा छ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणको निम्तो नपाएपछि भारतलाई थप चिढाउन नेपालको सय रूपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखि चीनमा छाप्न नेपाल राष्ट्र बैंक मार्फत टेण्डर लगाएपछि ओलीसँग भारत थप चिढिएको छ।

यो अवस्थामा ओलीले बिआरआई सम्झौतामा हस्ताक्षर गरेर भारत विरूद्व चिनियाँ कार्ड प्रयोग गर्न लागेका छन। यधपी चीनले विदेशी राष्ट्रहरूलाई विगत सात वर्षदेखि दिने ऋण र अनुदान सहयोग बिआरआई फ्रेमवर्क भित्रै रहेर दिन थालेको छ।

नेपालले चीनले पठाएको बिआरआईको प्रस्तावलाई केही संशोधन गरि ५ देखि १० अर्ब नगद सहयोग र केही परियोजनाहरूमा ऋण र अनुदान सहयोग लिने सम्झौता गर्ने भएको छ।

यसले भारतको राष्ट्रिय सुरक्षामा खासै असर नगरेपनि नेपालले केरूङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने प्रस्तावमा सहमति हस्ताक्षर गर्यो भने त्यसले भारतको टाउको अवश्य दुस्खने छ र ओली सरकारलाई विस्थापित गर्न भारतले कुटनैतिक चलखेल गर्ने विश्लेषण भैरहेको छ।

एमाले अध्यक्ष ओली अरूको सल्लाह र सुझावमा हत्तपत्त चल्दैनन,आफ्नै भुडेढिपी,आफ्नै अडान र रणनीतिमा चल्ने नेता हुन। तर अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा भने कहिलेकाही अरूका कुरा पनि सुन्छन। यस्तै कुरा सुन्ने मध्येका झापाका राजनीतिक खेलाडी उमाकान्त गिरी पनि पर्दछन।

ओलीले भारतका प्रियपात्र राजनीतिक बिचौलिया उमाकान्त गिरी मार्फत भारतीय अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेका छन। प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग बिहान दिउँसो जसो गिरीसँग भेटने गरेको पाइएको छ।

हरेक सरकार परिवर्तनमा गिरीको भित्रि रूपमा सक्रिय भूमिका रहने गर्छ। ठुला पार्टीका हुन वा मझौला पार्टीका शिर्ष नेताहरूलाई गिरीले भिन्नाभिन्नै र एक्लाएक्लै भेटने गर्छन। गिरीको यस्तो भेटघाट र सम्बन्धलाई राजनीतिक बिचौलिया गिरीको अनुरोधमा गोप्य राखिने गरेको बताएका छन। बाहिर हेर्दा सामान्य र सरल देखिएपनि भित्रभने गिरी खतरनाक कुटनैतिक खेलाडी मानिन्छन।

भारतिय आडमा गिरीले नेपालका नेता,मन्त्री र सांसदलाई खासै राजनीतिक र कुटनीतिक रूपमा मान्छे गन्दैनन। पहिला नेपाली कांग्रेसका नेता र अहिले स्वतन्त्र सांसद रहेका डा.अमरेश सिंह जस्तै गिरीले भूमिका निर्वाह गर्दै आएका छन। उपसभामुख इन्दिरा राना मगरको विवाद साम्यपार्न र उनको पद टिकाउन पनि गिरीले प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका थिए।

प्रधानसेनापति अशोकराज सिग्देलको नागरिकता विवाद सर्वोच्च अदालतमा पुगेपछि गिरीले नै न्याय परिषदको कार्यालयमा तात्कालिक प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भेटेर कन्भिन्स गरेको कुरा सर्वोच्च अदालत स्रोत बताउछ।

भारतीय राजदुत नवीन श्रीवास्तवसँग निरन्तर सम्पर्क र भेटघाटमा रहने गिरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार गत साउन महिनासम्ममा ढल्ने ठोकुवा गरेका थिए।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेपनि दशैंपछि लगत्तै सहकारी अपचलन र ठगी अभियोगमा पक्राउ पर्ने,संगठित अपराधमा तीन महिना हिरासतमा बस्ने र त्यसपछि थुनछेक आदेशबाट जेलमा पुर्पक्षका लागि थुनिने,५० करोड भन्दा माथिको सहकारीको रकम अपचलन र ठगी बिगो तोकिन सक्छ भनी दुई महिना अगाडि नै भन्दै हिडथे।

राजनीतिक र कुटनैतिक सुचनाका उनी मुहानै हुन एक एमाले नेताले बताएका छन। तर गिरी आर्थिक लाभका लागि सकृय दलाल,प्रशासनिक दलाल र बिचौलियासँग भने सम्पर्क गर्न चाहदैनन। गिरीको हाउभाउ र क्रियाकलाप हेर्दा त्यस्तो पहुँच होला भनेर पत्याउन सकिँदैन।

उनको भारतीय उच्च प्रशासक र सुरक्षा निकायका अधिकारीहरूसँग भाइवर र ह्रवाटसपमा कुराकानी गर्ने गर्छन। भारतले गिरीलाई किन पत्याउछ, त्यो भने रहस्यमय नै रहेको छ।

उनको निबासमा पनि नेपालका सुरक्षाकर्मी र भारतीय दुतावासका सुरक्षा अधिकारीहरू बारम्बार आउने गरेको उनका छिमेकीहरू बताउछन। उनलाई भारतियहरूसँगको सम्बन्ध कांग्रेस नेता प्रदिप गिरीले बनाइदिएको चर्चा छ।

gold
himalayan life insurance long ad