stcnepal long ad
ime life insurance
national life
global ime bank long

वैकल्पिक सिकाइ प्रक्रियाबाट अधिकतम लाभ लिन विद्यार्थीहरुलाई आग्रहः प्रधानमन्त्री

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा शुभकामना दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजबाट देशैभर शुरु गरेको विद्याहरुको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भका अवसरका प्रधानमन्त्रीले सम्वोधन मार्फत शुभकामना दिनुभएको हो ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले लामो समय विद्यालय बन्द हुँदा बालवालिकाको सिकाइमा थप क्षति नहोस् र पढाइले निरन्तरता पाओस् भन्ने उद्येश्यले वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बताउनुभयो ।

कोभिड-१९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् ।

उनीहरुलाई लक्षित गरी शिक्षा मन्त्रालयले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ शुरु गरेको हो । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन लगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन-पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ ।-

IME Lifesidebar
kumari