stcnepal long ad
ime life insurance
global ime bank long

सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी, सांसद पद पनि नरहने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी भएको छ । यससँगै उनकाे सांसद पद पनि निलम्बनमा पर्ने बताइएकाे छ ।

सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशाेधनविरूद्धकाे प्रस्ताव फिर्ता लिन र पार्टीकाे ह्विप पालना गर्न चेतावनी दिँएकाे थियाे । तर पार्टीकाे निर्देशन अटेरी गरेका कारण उनलाइ पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएकाे स्राेतले बताएकाे छ ।

समानुपातिक काेटाबाट सांसद बनेकी गिरीलाइ पटक पटक पार्टीकाे निर्णय मान्न अनुराेध गर्दा पनि अटेरी गरेकाे र सिंगाे पार्टी संविधान संशाेधनकाे पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएकाे तथा संशाेधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएकाे विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएकाे स्राेतकाे दाबी छ । अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडाैँ बाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएकाे छ ।

जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले पार्टीबाट हटाइएकाे वा दल त्याग गरेको कुरा सूचना संसदलाइ दिएमा निजकाे सांसद पद पनि निलम्वन हुने संविधानको धारा ८९ को (ङ) मा व्यवस्था छ ।

prabhu mahalaxmi
kumari