stcnepal long ad
ime life insurance
global ime bank long

न्युन आय भएकाहरुलाई मेरो माइक्रो फाइनान्सले खाद्यान्न सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल 

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागी मदनदेउपुर नगरपालिका काभ्रेस्थित  राधाकृष्ण घनश्याम आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्व अन्तर्गत ५० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाले सो बिद्यालयमा अध्ययनरत ६६ जना बिद्यार्थीहरुको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ ।

फाइनान्सका पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गरिएको हो ।

मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लमा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari