stcnepal long ad
ime life insurance
national life
global ime bank long

माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

लमजुङ । विद्युतको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएकोे प्रवन्धक राजेन्द्र वस्तीले जानकारी दिए ।

उनले भने, “सबै काम सम्पन्न गरेर यतिबेला पावर हाउसको काम र केही बाँधको संचरनाको काम मात्र बाँकी रहेको छ । हामीले बन्दाबन्दीको बीचमा समेत कामलाई निरन्तरता दिँदै आएका छौंँ ।

उनले भने, हाल १८० जना कामदारबाट काम भइरहेको छ । गत चैत महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य गरे पनि लकडाउनलगायत विविध कारणले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

विसं २०७१ असोजबाट निर्माण थालिएको गरी २०७४ सालमा निर्माण सक्नुपर्ने भए पनि समयमा नसकिँदा म्याद थप गरी गत चैत ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।

विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

आगामी असार महिनाभित्र आयोजनाको काम सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

यसरी आयोजनाको काम बढ्दा लागत पनि रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । यस आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रति मेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक रु १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने भएको छ ।

यस आयोजनामा १२ दशमलव ५ का एकरएकवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । यस आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवन्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । रासस

IME Lifesidebar
kumari