शनिबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

आर्थिक सञ्जाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधनका विषयमा आधिकारिक धारणा तय गर्न १७ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
बैठकले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । यसअघि नै कांग्रेसले आफु प्रस्तावको पक्षमा रहेको जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराइसकेको छ ।
संविधान संशोधन जस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जानुपर्ने कांग्रेसको भनाइ छ । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नक्सा जारी गरेकोमा कांग्रेसले स्वागत गरिसकेको छ । कांग्रेसले सीमा विवाद कुटनीतिक तवरबाट समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभामा बुधबार नै संविधान संशोधन प्रस्ताव अघि बढाउने कार्य सुचि भएपनि त्यसलाई अचानक हटाइएको थियो । कांग्रेसले संसोधन प्रस्ताव राखेको र हटाएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै आएको छ । सत्तारुढ दलका नेताले भने कांग्रेसको निर्णय आउन बाँकी रहेको भन्दै कार्यसुचि संसोधन गरिएको बताउदै आएका छन ।