prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

मेरोमाइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सौर्य पम्प सिँचाइ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार भएको उक्त सम्झौतापत्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा। मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् ।

 

 

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवं कर्मचारीहरुको उपस्थिति थियो ।मधेश प्रदेशका ८ जिल्लाका कृषकहरु लाभान्वित हुने

सोलार पम्प परियोजना कार्यान्वयनको लागि इन्टरनेसनल नेपालको प्राविधिक सहयोग रहनेछ । उक्त परियोजनामार्फत व्यावसायिक कृषकहरुको वित्तीय पहुँच तथा लघु उद्यमशीलता र क्षमताको विकास हुनुको साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने विश्वास संस्थाले लिएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाइ लघुवित्तीय सेवा प्रवाह गरिरहेको छ ।

१७ जेठ २०७९, मंगलवार ११:३८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads