citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको असार २ गते विशेष साधारण सभा

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन्

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएका छन् । मर्जर प्रयोजनको लागि स्वाप रेसियो तय भएको छ ।

जसमा एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर हिमालयनको ८५ कित्ता (१००ः०.८५) सेयर अनुपात कायम हुनेछ ।

 

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो ।

समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।

himalayan life insurance
igi long