citizens life insurance long ad

गुडविल फाइनान्सको वार्षिक साधारण सभा पुस २९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा बिहान ११ः३० बजेबाट सुरु हुने जनाएको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभामा गत आर्थिक वर्ष वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari