citizens life insurance long ad

चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस ५ गते बसेको बैठकले वार्षिक साधारणलसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा थानकोेटस्थित कम्पनीको कार्यालयको टप स्टेसन परिसरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले सर्वसाधारण सेयरधनीबाट एकजना सञ्चालक निर्वाचन गर्नेछ। सोही सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पनि गर्नेछ। कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) मा कम्पनीका उद्देश्य थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियामक निकायबाट सुझाव वा निर्देशन भएमा सोबमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari