stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई पेको नयाँ योजनाः नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौैं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागु गरिएको छ ।

यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नुहुने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवा शूल्कमा पैसा पठाउन सक्ने छन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आइएमई पे’ डाउनलोड गर्नुपर्ने छ ।

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

IME Lifesidebar
kumari