गण्डकी विकास बैंकले एकैसाथ ४ शाखा विस्तार

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६
काठमाडौं । गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरिरहेकाे छ ।
शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् ।
त्यस्तै बालुवाखानी शाखाको उद्घाटन कार्याक्रममा बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थिति रहेको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाको थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ ।
भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए ।
बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको जानकारी दिए ।
न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को व्यवस्थित विकास बैंकहरूको अवार्ड हासिल गरेको छ । हालसम्म सो बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।