stcnepal long ad
ime life insurance
national life
global ime bank long

पत्रकारिताका विद्यार्थीसँग आचारसंहितासम्बन्धी अन्तरक्रिया

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६
काठमाडौँ । पत्रकारिता तथा आमसञ्चार विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपाल र ब्रुकलिन कलेजका विद्यार्थी बिच भएको उक्त कार्यक्रममा काउन्सिलका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले पत्रकार आचारसंहिता (Code of Conducts) र नैतिकता (Code of Ethics) बिच केही भिन्नता भएको बताउनुभयो । उहाँले पत्रकारले नैतिकता (Ethics) को पालना नगर्दा समाचारको हत्या हुनसक्ने बताउनुभयो ।

सह–प्रशासकीय अधिकृत खनालले पत्रकार र पत्रकारिताका विद्यार्थीले नैतिकसंहिता (Code of Ethics), आचारसंहिता (Code of Conduct), पत्रकार प्रतिवद्धता (Creed of Journalist) र मिडिया कानुन (Media Law) लाई सधैँ ध्यानमा राख्नुपर्ने बताउँदै पत्रकारिता पेशामा प्रवेश गर्दा पत्रकारले प्रतिवद्धतासहित आचारसंहिताको सपथ खानुपर्नेमा जोड दिनुभयो ।

फरक सन्दर्भमा सह–प्रशासकीय अधिकृत खनालले धेरैजसो कलेजमा छात्रको तुलनामा छात्राहरूले बढी पत्रकारिता पढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता पढेर पत्रकार, शिक्षक, अनुसन्धानकर्ता, प्रेस सल्लाहकार, सञ्चार अधिकृत, लेखक, जनसम्पर्क अधिकृत, विज्ञापन व्यवसायी आदि हुन सकिने भएकाले यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाव दिनुभयो ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र अधिकार एवं प्रेस काउन्सिलको गठन प्रक्रिया र संरचना, पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराउनुुभयो ।

उहाँले दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको सङ्ख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो, कारबाही प्रक्रियाका साथै स्व–अनुगमनबारे जानकारी दिनुभयो । काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्मको अभ्यास गर्ने गरेको उहाँले बताउनुभयो ।

सूचना प्रविधि/अभिलेख/आचारसंहिता अनुगमन शाखा (विद्युतीय) का प्रमुख समेत रहेका उप–प्रशासकीय अधिकृत बोहराले काउन्सिलको मुख्य काम पत्रकारको नीति–नियम बनाउने, पत्रकार आचारसंहिता जारी गर्ने, पत्रकारिताको विकासको निम्ति सरकारलाई आवश्यक सल्लाह दिने भएको बताउनुभयो । उहाँले पत्रकारले बारम्बार गल्ति गरेमा प्रेस पास निलम्बन गर्ने, कालोसूचिमा राख्ने, सरकारबाट पाउने सुविधा रोक्ने लगायतका कारबाही हुने जानकारी दिनुभयो ।

कार्यक्रमको अन्त्यमा ईश्वरी कार्की, सोनु राई, राधिका पाण्डे, पूजा गिरी, अमृत घिमिरे लगायतका विद्यार्थीले राखेका जिज्ञासाहरूको जवाफ सह–प्रशासकीय अधिकृत खनाल र उप–प्रशासकीय अधिकृत बोहराले दिनुभयो ।

प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रममा ब्रुकलिन कलेजका शिक्षकसहित २८ जनाको सहभागिता थियो ।

समाचार: सम्झना पौडेल
तस्बिर: महेन्द्र राज सिंह/विपुल पाण्डे

IME Lifesidebar
kumari