युनाइटेड फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । युनाइटेड फाइनान्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउनका लागि आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने एक सुचना जारी गर्दै जनाएको छ ।
























