citizens life insurance long ad
stcnepal long ad

बोटलर्स नेपालको वार्षिक साधारण सभा पुस २२ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बोटलर्स नेपाल (बालाजु) को वार्षिक साधारण सभा पुस २२ गते बस्ने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

यसैगरी, लेखपरीक्षक नियुक्त गर्ने तथा गत आवका लागि लाभांश सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा गर्न बोटलर्स नेपाल बालाजुले पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । यता, बोटलर्स नेपाल (तराई) को वार्षिक साधारण सभा भने पुस २३ गते बस्ने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

यसैगरी, लेखपरीक्षक नियुक्त गर्ने तथा गत आवका लागि लाभांश सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि रहेको छ । बोटलर्स नेपाल (तराई) ले सभा गर्नका लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । यी दुवै कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय बालाजु काठमाडौंबाट भर्चुअल माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ ।

IME Life
kumari