सालकको खपेटा सहित पक्राउ
काठमाडौं। काठमाडौं –१६ सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ र १ थान मोटरसाइकल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपा नगरपालिका बस्ने सिन्धुली ग्याङलेक गाउँपालिका–४ घर भएका २१ वर्षीय रबिन तामाङ र काभ्रे बनेपा बस्ने २१ वर्षीय टेक बहादुर आले मगर रहेका छन् ।
सोही ठाउँस्थित सूर्यदेव मिठाई पसलभित्र दुर्लभ वन्यजन्तु सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त खपेटा र नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
























