stcnepal long ad
ime life insurance
national life
global ime bank long

श्री इन्भेष्टमेन्टको १०.५३% लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले ७.३७% बोनस सेयर र ३.१६% नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ नगद बाँड्नेछ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

हाल श्रीको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयरपछि पुँजी ८९ करोड १ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari