फरवार्ड माइक्रोफाइनान्सको ३२.५०% बोनस सेयर सूचीकरण
काठमाडौं । नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३२.५०% बोनस सेयर वितरण गरेको थियो ।
सोही बोनस सूचीकृत भएको हो । हाल यसको चुक्ता पुँजी ५० करोड ४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फरवार्डले ८ करोड ९४ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।























