stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिया उत्पादनको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इलाम । चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ । लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने भएको छ ।

नेपाली चियाको लोगो विश्वका दुई देशमा ‘ट्रेडमार्क’ भइसकेपछि इलामका चिया कृषक उत्साहित भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाको लोगो ट्रेडमार्क भइसकेको र अब यसलाई विश्वबजारमा गुणस्तरीयरुपमा पुर्‍याउनु पर्ने बताउनुभयो ।

चिया उत्पादनको १९७ वर्षपछि चियाको लोगो सार्वजनिक गरिएपछि अमेरिका र भारतमा चियाको लोगो दर्ता भइसकेको छ । त्यसैले पनि चियाको गुणस्तरीयतामा ध्यान दिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

इलाम नगरपालिका–२ मा रहेको चिया विस्तार आयोजना जस्बिरेमा ५० रोपनीभन्दा बढी जमिनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिइनेछ ।

विश्वबजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले किसानहरुले चियाको गुणस्तरीय खेती समेत सुरु गरिसकेका छन् ।

विश्वबजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको छ । नेपालमा वार्षिक छ मेट्रिकटनमात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिकटन कफीको माग रहेको छ ।

५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिने नीति बनाइएपछि किसानसमेत दंग भएका छन् । बोर्डका सदस्य पुनम बान्तवाले अब नेपाली चियालाई विश्वबजारमा प्रतिस्पर्धा गराउन सक्ने गरी अगाडि बढाइने बताउनु भयो ।

यता, इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्वबजारमा चियाको जति धेरै माग बढ्छ, उति नै धेर गुणस्तरीय चिया उत्पादनमा किसानलाई प्रेरित गरिने बताउनुभयो ।

सरकारी चियाबगान निजी क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएपनि अब सबै समस्या सामधान हुने उहाँको भनाइ छ ।

चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मूल्य नपाउँदा समस्या बढ्दै गएको छ । त्यसैले पनि यसतर्फ समेत स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनसके अबका दिनमा चियाखेतीले विश्वबजारमा फट्को मार्ने थियो ।

IME Lifesidebar
kumari