मंसिर ४ बाट नेपाल फाइनान्सको १२५% हकप्रद सेयर खुल्ने
काठमाडौं । मंसिर ४ गतेबाट नेपाल फाइनान्सको १२५% हकप्रद सेयर मंसिर ४ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको प्रभु क्यापिटलले गर्नेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
त्यसैगरी, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।























