sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता शेयर बिक्री खुला

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले कुल ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम मूल्य ५३१ रुपियाँ तोकिएको यो शेयर जो कोहीले किन्न पाउने छन् ।

लगानीकर्ताले घटीमा १ हजार र बढीमा सबै कित्ता खरिदका लागि आवेदन दिन पाउने छन् । आवेदन दिँदा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आज (चैत ३) देखि १७ गते दिउँसो ३ बजेभित्र पेश गर्न सकिने लघुवित्तले जनाएको छ ।

बोलपत्र भने लघुवित्तको केन्द्रीय कार्यालय दुहवी–५, सुनसरी वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौंमा पाइनेछ ।

gold
kumari bank
nawakantipur long