गुडविल फाइनान्सले लाभांश नदिने
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
गुडविलले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।