stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मार्जिन कलः थप धितो नराखे बैंकले ऋणीको शेयर बेचेर कर्जा असुल्न पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा थप व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै शेयर धितो कर्जामा थप व्यवस्था गरेको हो।

शेयरको बजारमूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोका लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था रहेको छ।

बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रडक्ट पेपरमा उल्लेख गर्नुपर्ने व्यवस्था संशोधित निर्देशन मार्फत गरिएको हो। यसअघि यस्तो प्रावधान थिएन।

यसैगरी मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

prabhu mahalaxmi
kumari