citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बेस्ट फाइनान्सको ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर लिलामी भर्ने आज असार ११ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो ।

आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

himalayan life insurance
igi long