मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घटे
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घटेर ६ करोड ४३ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने १।१७ प्रतिशतले बढेर ३९ करोड ६३ लाख १२ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा चुलिंदा खुल नाफा प्रभावित भएको हो ।
खराब कर्जा २.९१ प्रतिशतले बढेर ७.८७ प्रतिशत पुगेको छ । सञ्चालन नाफा ३.१५ प्रतिशतले घटेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ छ ।
पुस मसान्तसम्म आइपुग्दा १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी छ । जगेडा कोषमा ५२ करोड ४५ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसाले घटेर ९ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २२ पैसा छ ।