macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो ।

निर्णायकमण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिनुभएको थियो । सोही जवाफले उहाँले उपाधिको हकदार बनायो ।

उहाँले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा फस्र्ट रनरअप र मिसेस् फोटोजेनिकको उपाधि अलिशा राजभण्डारीले प्राप्त गर्नुभयो भने रेश्मा थापाले दोस्रो रनरअपमा चित्त बुझाउभयो । एमी कर्माचार्यले मिसेस् ट्यालेन्ट अवार्ड र श्याम लिम्बूले मिसेस् पब्लिक च्वाइस अवार्ड जित्नुभयो ।

himalayan life insurance
igi long
NTA long ad