समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारको काम बीओके क्यापिटल मार्फत हुने

काठमाडौं । अब समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारको काम बीओके क्यापिटल मार्फत हुने भएको छ । समृद्धि फाइनान्सको असार ७ गतेदेखि सेयर रजिष्ट्रारको काम बीओकेले गर्ने भएको हो । यसअघि समृद्धि फाइनान्स आफैंले सेयर रजिष्ट्रारको काम गर्दै आएको थियो ।
अब समृद्धिको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कायहरु बीओके क्यापिटलले गर्नेछ । साविको वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिर्वतन भएर समृद्धि फाइनान्स भएको हो ।