citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मल्टीपर्पस फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज (कात्तिक १३ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २९ गतेदेखि संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता ३५५ हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको सेयर कम्पनीले लिलामीमा ल्याएको हो । लिलामी सेयरमा आवेदन दिन पाउने स्थान

himalayan life insurance
igi long