macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले पैसा तिर्न नसकेपछि बैंक ग्यारेन्टी जफत

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले तिर्नुपर्ने सेवा शुल्क बुझाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको छ ।

प्राधिकरणले गुण  एयरलाइन्सले राखेको  एक करोड रुपियाँ बैंक ग्यारेन्टी आइतबार जफत गरेको हो । उक्त रकम जफत गर्दा पनि एयरलाइन्सको बक्यौता अझै चार करोड रहेको प्राधिकरणका एक अधिकारीले बताए ।

बक्यौता अशुल गर्ने क्रममा प्राधिकरणले प्राइम बैंकमा राखेको बैंक ग्यारेन्टी जफत गरेको हो । आफ्ना सात वटा जहाज सञ्चालन गर्न नसकेपछि बिक्रीको प्रक्रियामा रहेको गुण एयरलाइन्सले बाँकी रकम प्राधिकरणलाई चाँडै तिर्ने प्रतिवद्धता जनाएको छ ।

एयरलाइन्सले जेटस्ट्रिम सिरिजका पाँच वटा जहाज र विचक्राफ्ट दुई वटा सञ्चालन गर्दै आएकोमा आर्थिक संकटका कारण आफ्ना चालक दलका सदस्यलाई समयमा पारिश्रमिक दिन नसकेपछि प्राधिकरणले सात महिनाअघि उडानमा प्रतिवन्ध लगाएको थियो ।

गुण कोअपरेटिभ सञ्चालन गर्दै आएका व्यवसायी राजेन्द्र शाक्यले पछि एयरलाइन्समा लगानी गरेका थिए ।

१३ कात्तिक २०८०, सोमवार ०९:३८ बजे प्रकाशित

NTA long ad