stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

जोन्टा क्लब काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  जोन्टा क्लब काठमाडौंले जेठ १८ गते आइतबार आफ्नो छैठौं वार्षिक साधारण सभा भर्चुअल रुपमा आयोजना गरेको छ ।
उक्त क्लबले औपचारिक रुपमा बाइएनीयम २०२०—२०२२ का लागि बोर्ड सदस्यहरुलाई स्वागत गरेको थियो जुन अध्यक्ष जोन्टियन सीमा गोल्छाको नेतृत्वमा रहेको छ ।
बार्डमा आगमन हुनेहरुमा जोन्टियन आभा शाह, जोन्टियन कमल केशरी तुलाधर, जोन्टियन मृदुला राजभण्डारी र जोन्टियन मुन प्रधान रहेका छन् ।
गत वर्षमा जोन्टाले गरेको कामहरुका भिडियो, प्रिजेन्टेसन र रिपार्टहरु पनि प्रस्तुत गरिएको थियो जसमा शिक्षाप्रतिको काम, महिला हिंसा विरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरु र विभिन्न वकालत र सशक्तिकरण कार्यक्रमहरु समावेश गरिएको थियो ।
तत्कालिन भूपु अध्यक्ष जोन्टियन मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँच जना नयाँ सदयस्यहरु पनि सम्मिलित भएका थिए ।
जोन्टा इन्टरनेशनलको सेन्टेनीयल रंग, निलो रंगको पहिरनमा सज्जिएका ५० भन्दा बढि सदस्यहरुको सहभागीताका साथ वार्षिक साधारण सभा सफल र समृद्ध सत्र बन्यो । सम्पूर्ण सत्र जोन्टा इन्टरनेशनलको प्रोटोकल र मार्गनिर्देशन अनुसार आयोजना गरिएको थियो ।
जोन्टा क्लब काठमाडौं एक गैर–सरकारी संस्था हो जुन जोन्टा इन्टरनेशनलको लक्ष्य र उद्देश्यलाई अगाडि बढाउन नेपालमा कार्यरत छ । यसले सेवा र वकालतको माध्यमबाट महिलाहरुको कानूनी, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र व्यावसायीक स्थीति सुधारका लागि काम गरिरहेको छ

prabhu mahalaxmi
kumari